बुधबार नेप्से ५५ अङ्कले वृद्धी

काठमाण्डौ । बुधबार शेयर बजार परिसूचक नेप्से झण्डै ५६ अङ्कले वृद्धी भएको छ । सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव १३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर आठ अङ्कले, होटल समूहको ९२ अङ्कले, विकास बैंकको दुई सय २५ अङ्कले, जलविद्युतको ८२ अङ्कले, फाइनान्सको एक सय ३७ अङ्कले, जीवन बीमा समूहको तीन सय ७४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर चार सय ७९ अङ्कले, अन्यको एक सय १० अङ्कले र उत्पादन समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।
बुधवार दुई सय १९ कम्पनीका दुई करोड २६ लाख कित्ता शेयर ११ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज १४ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि राधी जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशतले घटेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस