चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटले जानकारी दिए ।
मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् । प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ ।
माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका–२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस