एमाले नेपाल समूहको भेलामा वार्ता टोली सदस्यको ब्रिफिङ : ठोस प्रगती भएन


काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन सक्दो प्रयास गरेको गरेको तर हालसम्म ठोस प्रगति नभएको बताएका छन् ।

आज भर्चुअल माध्यमबाट भएको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग अनौपचारिक छलफलमा रहेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका निम्ति इमान्दार पहल भइरहेको र आफुहरुको इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा हुने भनाई राखे ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले धारणा राखेका थिए । उनले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा कुरा सुरु गर्दै आफ्नो समूहका नेताहरुको धारणा सुन्न भेला आयोजना गरिएको बताएका थिए ।

नेता नेपालपछि अर्का बरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । खनालले अध्यक्ष ओलीको कार्यशैलीका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको भन्दै यसलाई बचाउनु सवैको कर्तव्य भएको बताएका थिए । तर उनले ओलीका गतिविधि सच्चिने तर्फ अझै नदेखिएको धराणा राखेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope