अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना तालिबान मारिए


काठमाडौं । अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो ।

त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।

सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो घटनाको पुष्टि गर्नुभएको छ । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो ।

त्यस कारबाहीमा परी तालिबानका कमाण्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहमद हनिफ रेजाईले पुष्टि गर्नुभयो । उहाँले ती कमाण्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताउनुभयो ।

यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतङ्ककारी मारिएका बताइएको थियो ।

पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope