लकडाउनमा विनाकारण निस्किएको भन्दै टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता


काठमाडौं । बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ ।यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो ।

उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । अब भने प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको छ । सोधपुछ गर्दा बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको नपाएकोले उनिहरुविरुद्ध एफआईआर दर्ता गरिएको मुम्वई प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो । मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।

भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope