भारतमा बालबालिकामा कोरोना खोप परीक्षण सुरु


काठमाडौं । भारतमा बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरिएको छ । भारतले आफ्नै देसमा निर्माण गरिएको कोभ्याक्सिन खोप मंगलबारबाट बालबालिकामा परिक्षण सुरु गरेको हो ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् ।

आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने उनले बताए । दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ ।

त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ । हालसम्म १८ वर्ष उमेरभन्दा माथिका लाई मात्र कोरोना खोप दिने गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope