एमाले ओली समुहको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली समुहको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार अपरान्ह चार बजेलाई बोलाइएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि बुधबारको बैठक पनि स्थगित गरी आजलाई सारिएको थियो । पार्टीकै माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक भने चलिरहेको छ ।

बैठकमा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई पनि सहभागी रहेका जनाइएको छ । यसअघी ओली पक्षले भने नेपाल समुहले बोलाएको बैठक अनधिकृत भन्दै बैठकमा सहभागी नहुन आग्रह गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope