इंग्ल्याण्ड र वेष्ट इन्डिज सिरिजका लागि पाकिस्तान टिमको घोषणा


काठमाडौं । इंग्ल्याण्डविरुद्धको टी २० सिरिजका लागि पाकिस्तानले टिमको घोषणा गरेको छ । जसमा यसअघि दक्षिण अफ्रिका र जिम्बावेविरुद्धको सिरिज गुमाएका इमाद वासिमले कमब्याक गरेका छन ।

यस्तै टिममा चार जना अनुभवी खेलाडी बोलाइएको छ । स्तै अजाम खानलाई पनि टिममा पहिलो पटक सहभागि गराइएको छ । इंग्ल्याण्डपछि वेष्ट इन्डिजविरुद्धको सिरिजमा पनि यहि टिमले खेल्ने बताइएको छ ।

पाकिस्तान टिमले इंग्ल्याण्डसँग तीन एकदिवसिय र तीन टी २० खेल्नेछ । सिरिज जुलाई आठबाट २० तारिखसम्म संचालन हुनेछ । यस्तै वेष्ट इन्डिजविरुद्ध पाकिस्तान पाँच टी २० र दुई टेष्ट खेल्नेछ ।

पाकिस्तानका लागि हरिस सोहेल एकदिवसिय सिरिजका लागि टिममा बोलाइएको छ । बलर मोहम्मद अब्बास र नसिम शाहपनि टिममा छन । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope