गहिरो श्वास लिनुका फाईदा हेर्नुहोस

काठमाडौं । गहिरो स्वास लिनुस भनेको त हामीले सुनेकै छौँ । तर नियमित गहिरो र लामो स्वांस लिनुका फाइदा भने अनेक छन् ।
जब तपाई चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईको मुटुको धड्कन लगातार छिटो हुन्छ ।
रगतको प्रवाह तपाईको मुटु र मस्तिष्कतर्फ बढ्छ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नु निकै फाइदाजनक मानिन्छ ।
चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ । सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ ।
शरीरबाट विषालु तत्त्व घट्छ
बिस्तारै, गहिरो, लामो श्वास लिनाले शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् ।
कार्बन डाइअसक्साइड (प्राकृतिक विषाक्त फोहर) श्वासमार्फत नै बाहिर आउँछ । छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ । अन्य अंगबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहिनत गर्नुपर्छ ।
इम्युनिटी बलियो हुन्छ
गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । शरीरका महत्वपूर्ण अंगले ठिक रुपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले संक्रमण फैलाउने किटाणुहरू जरैदेखि माग्छन् ।
दुखाई महसुस कम हुन्छ
जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो।
तनाव कम हुन्छ
गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ । यसबाट शरीरले धेरै अक्सिजन पाउँछ । हर्मोन सन्तुलित हुन्छ । कोर्टिसोलको स्तर कम हुन्छ । कोर्टिसोल स्ट्रेस हर्मोन हो । जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पु¥याउँछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस