सुदूरपश्चिम बजेट अधिवेसन सुरु, सभामा मुख्यमन्त्रीको राजीनामा माग


काठमाडौं । सुदुरपश्चिम प्रदेश प्रमुख त्रीलोचन भट्टको राजिनामा माग गरिएको छ । शुक्रबारबाट सुरु भएको प्रदेसको बजेट अधिवेशनमा प्रदेशसभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

एमाले (ओली समूह) का प्रदेशसभा सदस्य बोहराले नेकपा एमालेले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतका रहेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ गरेलगत्तै बोहराले संसद् सचिवालयमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको जानकारी समेत गराएको भन्दै आफूहरूलाई प्रतिपक्षी रोमा बस्ने ठाउँको व्यवस्था हुनुपर्ने समेत भनाइृ राखे ।

सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । जसमा त्रीलोचन भट्ट मुख्यमन्त्री छन्। जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। केन्द्र निर्देशनविपरीत माधव पक्ष भने माओवादी सरकारमा सहभागी भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope