एनसेलले १८ देशको कल शुल्कमा ६ गुणाले बढायो, १ कलको ३० रुपैँया


काठमाडौँ । एनसेलले विदेशमा कल गर्दा लाग्ने शुल्कमा वृद्धी गरेको छ । अब दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट विभिन्न १८ वटा देशमा लाग्ने शुल्क ६ गुणा बढी लाग्ने छ ।

यी देशका विभिन्न नम्बरमा एनसेलको नम्बरबाट सोझै फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्नेछ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले एनसेलको नम्बरबाट १९ वटा देशमा कल गर्दा लाग्ने शुल्कमा ६ गुणाले वृद्धि गर्दै शुल्क स्वीकृत गरेको हो ।

अन्य सेवा प्रदायकको शुल्क सरह एनसेलको शुल्क स्वीकृत गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । एनसेलले अनुमतिपत्र लिने बेलामा यी देशमा कल गर्दा लाग्ने शुल्क कम लिने प्रस्ताव गरेको थियो । अन्य सेवा प्रदायकको तुलनामा आफ्नो शुल्क कम भएको भन्दै एनसेलले शुल्क बढाउन प्राधिकरणलाई पत्र लेखेको खनालले बताए ।

इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्यान्ड, लाट्भिया, लेबनान, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड्स, बुल्गेरिया, सिरिया र लिथोनियामा यसअघि एनसेलको नम्बरबाट फोन गर्दा प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसा लाग्दै आएको थियो ।

यी मुलुकमा कल गर्दा अब प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । साइप्रसमा पनि यसअघि प्रतिमिनेट कल गर्दा १५ रुपैयाँ लाग्दै आएकामा यसलाई पनि ३० रुपैयाँ बनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope