विश्वकप छनोट खेलमा चाइनिज ताइपेईमाथि नेपालको शानदार जित


काठमाण्डौ । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो ।

नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे । ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

हिजोको जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २–० गोलले नै हराएको थियो ।

तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ ।

नेपाल रहेको समूह बीु मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope