नवनियुक्त मन्त्रिहरुको सपथग्रहण बेलुकी ८ बजे

काठमाडौं । नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्दैछन् । उनीहरुसँग आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका छन्।
उनले शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री बनाउन लागेका छन् भने विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन्।
आन्तरिक तयारीकै लागि नयाँ मन्त्रीहरुको सपथ सारिएको हो। यसअघि जसपाका मन्त्रीहरुलाई साँझ ६ बजे सपथग्रहणका लागि बोलाइएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस