आफु पक्षका नेतामाथिको कारबाही फिर्ता नलिएसम्म औपचारिक वार्तामा नजाने नेपाल– खनाल समूहको निर्णय


काठमाडौँ । एमालेको आफु पक्षका नेतामाथिको कारबाही फिर्ता नलिएसम्म औपचारिक वार्तामा नजाने नेपाल– खनाल समूहले निष्कर्ष निकालेको छ ।

माधवकुमार नेपाल र झलनाथ खनाल समूहको आज भएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता नलिएसम्म उनको पक्षसँग औपचारिक वार्ता नगर्ने रणनीति तय गरेको हो ।

सो समुहको भर्चुअल बैठक बिहीबार सुरु भएको थियो । बैठकका निर्णय शनिबार विज्ञप्तिमार्फत् सार्वजिनक गर्ने तयारी छ ।

बैठकले अहिले एमालेमा उत्पन्न सबै समस्याको जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै रहेको निष्कर्ष पनि निकालेको छ । नेता भुसालका अनुसार यस्तो वार्ताको समय सीमा नतोकिएको तर अनन्तकालसम्म पर्खेर जान पनि नसकिने बैठकको निष्कर्ष छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope