संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नहुने


काठमाडौं । कोरोना कारण रोकिएका सर्वोच्च अदालतको सेवा अझै सुचारु नहुने भएको छ । सर्बोच्चको पूर्ण बैठकले कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि रोकेको अदालतको सेवा यथास्थितिमा राख्ने निर्णय गरेको हो ।

यसअघि जेठ १३ मा सर्वोच्चले आफ्ना सेवा संकुचन गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली–०७२ लाई संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनेबारे छलफल भएपनि निर्णय हुन् सकेन ।

संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) टुंगिएको छ ।

आज बसेको फुलकोर्टले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको रोस्टर परिमार्जन नगरी नियमावली तत्काल संशोधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश र १८ जना न्यायाधीश सहभागी थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope