सरकार बोली बिनिर्माण गर्न सक्छौँ ?

सुन्दा अप्रिय लाग्ला तर असल र वास्तविक राजनीतिको लागि सरकारको आनै बोलीको बिनिर्माणको खाँचो छ ।


सुनामी झैँ आउँछन् सम्झनाहरू र सम्झनामा आउँछन् सबैथोक । बाढी, पहिरो, भूक्षय, भूकम्प, अभाव, अशिक्षा, अज्ञानता, गरिबी, बेरोजगारी र राजनीति । सम्झनाको सुनामी चलुन्जेल म त्यति विचलित हुन्न तर जब सुनामी रोकिन्छ अनि म गम्भीर हुन्छु । ओहो, ती त हिजो पनि थिए र आज पनि छन् । खोई कहाँ परिवर्तन भएको छ र ? न बहुसंख्यक नेपालीको जीवनस्तर उठ्न सकेको छ, न त राजनीतिक चेतनाको स्तर नै उन्नत भएको छ ।

म आनो बिगत सम्झिन्छु । हिजो जस्तो लाग्छ बाढी र पहिरोले खेदिएर सुकुम्बासी हुनुपरेको परिवारको सदस्यमध्ये म पनि एक थिएँ । अहिलेसम्म पनि परिवर्तन हुन नसकेका कैयौँ समाजहरु जस्तै समाजमा हुर्केको पात्र थिएँ म । त्यतिबेला पखाला चल्दा पानी पिउनु हुँदैन भनिन्थ्यो, ज्वरो आउँदा र पेट दुख्दा झारफुकतिर लागिन्थ्यो, वान्ता हुँदा तल्लो जातको छिमेकीको आँखा लाग्यो भनेर सराप्न थालिन्थ्यो । त्यही भएर म मज्जाले महसुस गर्न सक्छु अभाव र गरिबी के हो ? म राम्रोसँग ठम्याउन सक्छु अशिक्षा र अज्ञानता के हो ? बेरोजगारीको त कुरै नगरौँ हाम्रै आँखाले देख्नुपरेको छ बाकसमा बन्द भएर फर्किएका लक्का जवानहरू ।

त्यो मैले भोगेको गरिबी र अज्ञानता आज पनि हाम्रो समाजमा कायमै छ । ज्वरो आयो भने सिटामोल किनेर खान नसक्ने दाजुभाइ धेरै छन् । अन्तरजातीय प्रेम गरेकै कारण नवराज बिकहरु मारिइरहेका छन् । निर्मला पन्तजस्ता किशोरीहरूका लागि यो समाज अझै पनि सुरक्षित छैन । कुनाकन्दरा र झुप्राझुप्रीहरूमा थुप्रै आमा बाहरु नेपाली ब्लुज (बेदनाका गीत) गाएर जिन्दगी बिताईरहेछन् । घाँस, दाउरा, सोत्तर, गोबर, डोको, डालो र नाम्लो जीवनको पर्याय भएर उनीहरुको दैनिकी चलिरहेको छ । उनीहरुको सपना सायद तिनै काम राम्ररी गर्न सकौँ र दुई छाक पेटभरी खान सकौँ भन्ने मात्र छ । उध्रिएको चोली, टालेको पेटिकोट, फाटेको टोपी र जडौरी सुरुवालले लाज ढाक्ने आज पनि धेरै छन् ।

देशमा प्राकृतिक विपत्ति आयो वा महामारी फैलियो भने त्यसले पहिलो र नराम्रो प्रभाव पार्ने गरिबलाई नै हो । रोग र महामारीको पहिलो रोजाईमा प्रायः गरिब नै पर्छन् । पहिरो आउँदा भत्किएर जाने जिन्दगी गरिबकै हो । बाढी आउँदा बगेर जाने जिन्दगी गरिबकै हो । अभावले गाँज्ने गरिबलाई नै हो । किनकि उनीहरुसँग स्रोत र साधनको अभाव हुन्छ । अचम्मको कुरा, देशको सबैभन्दा बढी माया लाग्ने पनि तिनिहरुलाई नै हो । तिनिहरुकै मुटुभित्र हुन्छ नेपालको नक्सा । सिमाना मिचिँदा उनीहरुकै छात्ती चर्किन्छ । देशका बारेमा कसैले नराम्रो बोलिदियो भने उनीहरुलाई नै चोट पुग्छ । उद्वेलित हुन्छ उनीहरुको हृदय, देशप्रेमले ।

देशको सिमाना छेउमा बस्छन् असंख्य गरिबहरु । उनीहरु काठमान्डूसम्म आईपुग्ने सामथ्र्य राख्दैनन् । काठमान्डू उनीहरुसम्म पुग्न सक्ने उदार मनको छैन । काठमान्डूमा के हुन्छ उनीहरुलाई थाहा हुन्न । त्यहाँ के हुन्छ काठमान्डूलाई थाहा हुन्न । काठमान्डूलाई थाहा हुने त्यतिबेला हो जतिबेला चुनावमा टाउको गन्ने दिन आउँछ । त्यतिबेला हो जतिबेला जनतालाई आन्दोलनमा होमिन उक्साउनु पर्ने दिन आउँछ । त्यतिबेला हो जतिबेला काठमान्डूमा धेरै मान्छे भेला पार्नुपर्ने हुन्छ । हो, त्यहीबेला भेट हुन्छ नेताको जनतासँग । त्यहीबेला आईपुग्छ त्यो गरिब काठमान्डू, सायद उसको सपनाको ठाउँ । उसलाई केही थाहा हुन्न काठमान्डूमा फोहोरको राजनीति दुङ्दुङ्ती गन्हाईरहेको, हत्याराले सपथ खाईरहेको, महलभित्र अनैतिक कारोबार र सम्बन्ध चलिरहेको ।

काठमान्डू सहरमा बसेर केही नेताहरुले करोडौँको चलखेल गरिरहँदा वा कुर्सीको लागि लडिरहँदा वा आलिसान महलमा बसेर महँगो व्हिस्की र स्कच पिईरहँदा, त्यही काठमान्डू उपत्यका बाहिरको एउटा नेपालीले दुई छाक पेटभरि हरेक दिन खान पाए हुन्थ्यो भन्ने सपना देखिरहेको हुन्छ । म त्यो कल्पना गर्न सक्छु कि एक समयमा मैले पनि देखेको सपना त्यही थियो । चामलको भात खान पाइयोस् हरेक दिन, वर्षमा दुई जोडी कपडा लाउन पाइयोस्, एकजोर राम्रा चप्पल लाएर हिड्न पाइयोस् । त्यो मेरो सपना २०४६ सालको जनआन्दोलन पछिको थियो । खाली खुट्टै कुदेर बिताइयो माध्यमिक विद्यालयसम्मको जीवन । रहरले होइन कहरले लगाइयो भ्वाँङ परेका लुगा टालेर । डाइटिङका लागि होइन बाँच्नका लागि खाइयो कयौँ दिन मात्र एक छाक । तर त्यसमा पनि मज्जा थियो । गरिब हुँदाको मज्जा चाहिँ के थियो भने ती कुराहरु नपुग्दा त्यति धेरै पीडा हुँदैनथ्यो जति खुसी ती कुराहरु पाउँदा हुन्थ्यो । तर अहिले हाम्रा नेताहरु महलमा बस्दा पनि खुसी छैनन् । करोडौँ सम्पत्ति आनो बनाउँदा पनि खुसी छैनन् । कुर्सी पाएर पनि खुसी छैनन् । कस्तो विडम्बना !

सबैभन्दा बढी दुःखी यो देशमा नेता नै किन हुन्छ ? किन उसैलाई चाहिन्छ मानसम्मान ? किन तँ र तपाईंले उसको जिन्दगीमा त्यति धेरै फरक पार्छ कि उसलाई जनताको दैनन्दिनसँग चासो हुँदैन ? चासो हुन्छ त आफूलाई सम्मान नपुगेको कुरासँग मात्र । किन उसैलाई चाहिन्छ प्रतिष्ठा र पहुँच ? किन उसैलाई चाहिन्छ गुनगान ? किन फुर्सद छैन उसलाई बुझ्न कति मूल्यवान् हुन्छ एउटा गरिबको ओठको मुस्कान ? कति ठूलो खुसी लुकेको हुन्छ सानो सपनाभित्र पनि ? आना नागरिकका साना–साना सपनाभित्र लुकेका असीमित खुसीहरु देख्न नसक्ने सत्ता के सत्ता ? त्यस्तो सरकार के सरकार ?

म त भाग्यमानी रहेछु । सरकार म बसेको गाउँसम्म आउनै परेन । भाग्य र कर्म दुवैमा विश्वास गर्ने भएर होला मैले सरकारको मुख हेरिनँ । त्यस्ता मानिसलाई सरकार चाहिँदो पनि रहेनछ । हरेक व्यवस्था र सत्ता परिवर्तनले खासै असर पार्दो पनि रहनेछ । तर म जस्ता सबै भाग्यमानी कहाँ हुन्छन् र । हो, त्यस्ता अभागीहरुका लागि चाहिने हो सरकार । तर विडम्बना मेरो सरकार नै अभागी छ, बेसुरे छ । केही वर्षमै मोनोरेल ल्याउँछु भन्छ, सक्दैन । घरघरमा ग्याँस पाईप जोडिदिन्छु भन्छ, सक्दैन । गरिबले अब भोकै मर्नु पर्दैन भन्छ, तर गरिब मरेको म¥यै गर्छ । गरिबको गोजीमा पैसा नभएको दिन हँुदैन भन्छ, तर गरिबसँग सिटामोल किनेर खाने पैसा हुँदैन । हरेक दिन ६ किलोमिटर बाटो बनेको छ भन्छ, देखाउँदैन । नीति, कार्यक्रम सबैथोक ल्याउँछ, पुग्नु पर्ने ठाउँसम्म पुग्दैन । स्रोत, साधन, संयन्त्र सबै सुनाउँछ तर त्यो बहुसंख्यक गरिबसम्म पुग्दैन । कुरा गर्छ, कार्यान्वयन गर्दैन ।

प्रहसन गर्छ, परिहास गर्छ, हसाउँछ, आफँैसँग रमाउँछ । मेरो अभागी सरकार । कहिलेकाहीँ त लाग्छ ती अभागी गरिबहरु भन्दा पनि अझ अभागी छ मेरो सरकार ।

मेरा कुनै दिन यस्ता पनि थिए । कसैले दिएका लुगा पनि १० ठाउँ टालेर लाउने म, कहिलेकाहीँ आधा पेट खाएरै पनि आनन्दित मनले उठ्ने म, परालको चुहिने छानो मुन्तिर कयौँ रात काट्ने म अहिले अमेरिकाको विश्वविद्यालयमा पढाउँदै गर्दा गर्व लाग्छ मेरो त्यो पृष्ठभूमिले यो आकार दियो । इमान्दार मनले सपनाहरु देखेको थिएँ मैले । इमान्दार मनले सपनाहरु देख्न छोडेन भने सपनाहरु साकार हुँदै जाने रहेछन् । शंका लाग्छ, कुन पृष्ठभूमिबाट आए हाम्रा नेताहरू ? किन स्वच्छ र इमान्दार छविको आकार लिन सकेन राजनीतिले ? किन इमान्दार मनले सपना देख्न सकेनन् यो देशलाई समुन्नत बनाउने ? किन यति बिघ्न घटिया भयो देशको राजनीति ? विदेशका ८ लेनका बाटा, आकासे पुल, अत्याधुनिक चीजबिजहरु, प्रणालीमा चलेको प्रशासन, नियम र नीतिमा अडिग कामकारबाही सुनेर, पढेर र आनैँ आँखाले देखेर पनि किन यति बिघ्न अनियमितता, अभाव, गरिबी, बेरोजगारी र दुसाध्य अप्ठेरा ?

घरीघरी लाग्छ मैले माया गर्नुपर्ने अमेरिकालाई हो किनभने उसले मलाई भिसा दियो, शिक्षा दियो, स्रोत र साधन दियो, ज्ञान दियो र जागिर दियो । ऊसँग मेरो गोरु बेचेको साइनोसम्म थिएन र पनि मलाई यी सबथोक दियो । यसका बाबजूद पनि मलाई किन अमेरिकाभन्दा नेपाल नै प्यारो लाग्छ ? किन सबैभन्दा ठूलो र मेरो एउटै मात्र सपना भनेको आनै देशमा बस्नेमात्र हुन्छ ?

आनो देशको यति धेरै माया गर्ने यो संसारमै सबैभन्दा बढी कोही छन् भने ती नेपाली नागरिक नै हुन् । सत्तालाई त्यो महसुस छैन । भनौँ भने राष्ट्रवादको नारा लगाएर मान्छे भेला पार्छ । तर उसलाई करोडौँ नेपालीको ढुकढुकी सुन्ने फुर्सद छैन । सत्ता वाद, प्रतिवाद र गालीगलौज गर्नमै व्यस्त छ । आना राम्रा कामका फेहरिस्त बनाउनमै व्यस्त छ । आना आसेपासे र भरौटेलाई प्रशंसा र भ्रमको शङ्ख फुक्न लगाउनमै व्यस्त छ । विकासका नाममा संस्कृति र इतिहासका विम्बहरु भत्काउनमै व्यस्त छ । कहिले बन्ला आहा भनिन लायक मेरो सरकार ? कहिले बन्लान् आसेपासे र भरौटेहरु सरकारको समालोचक ? कहिले बोल्न छोड्छ सरकारले आनै मात्र कुरा, आफैँलाई मात्र थाहा भएका कुरा, आफूलाई मात्र लागेको सत्य, आना भरौटे र प्रशंसकहरुले मात्र भनेका कुरा र बोल्न थाल्छ अभाव र गरिबीमा बाँचेकाहरुको दैनिकी ?

सुन्दा अप्रिय लाग्ला तर असल र वास्तविक राजनीतिको लागि सरकारको आनै बोलीको बिनिर्माणको खाँचो छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope