प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश सहभागी संवैधानिक इजलास


काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट सुनुवाईको लागी नयाँ संवैधानिक इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार वरिष्ठतताको आधारमा न्यायाधीशहरू सहभागी इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले आफ्नो अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई राखेका छन् । वरिष्ठतामा अगाडि भए पनि न्यायाधीशद्वय हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई इजलासमा राखिएको छैन ।

न्यायाधीश कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएकाले इजलासमा नराखिएको हो भने न्यायाधीश श्रेष्ठ आइसोलेसनमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलास गठन भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश कार्कीलाई राखिएपछि प्रश्न उठेको थियो । संवैधानिक इजलासमा आफ्नो उपस्थितिलाई लिएर प्रश्न उठेपछि न्यायाधीश कार्कीले इजलास छोडेर विवाद समाधान गरेका थिए ।

दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिएपछि परेका रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले सुरुमा आफ्नो अध्यक्षतामा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेर इजलास गठन गरेका थिए ।

उक्त इजलसामा रहेका न्यायाधीशहरू केसी र श्रेष्ठको विषयमा रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवालगायत १ सय ४६ सांसदका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । न्यायाधीश श्रेष्ठले २०७७ फागुन २३ गते नेकपा नामसम्बन्धी मुद्दामा गरेको फैसलालाई लिएर र केसीले उक्त फैसलाविरुद्ध पुनरावलोकन आदेश नदिएको भन्दै प्रश्न उठाइएको थियो ।

प्रतिनिधिसभा विघटनलाई लिएर सर्वोच्च अदालतमा ३० रिट निवेदन परेका छन् । ती रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ हुने भएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope