ललिता निवास जग्गा प्रकरण : जग्गाधनीलाई हकदावीका लागी २१ दिने सूचना


काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालयले ललितानिवास जग्गाधनीहरुलाई हकदावी गर्न सुचना जारी गरेको छ । कार्यालयले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका र तिनीहरुबाट किनेका जग्गाधनीहरुलाई २१ दिने सूचना जारी गरी त्यो जग्गा आफ्नो हकदाबी गर्ने भए आधार र कारणसहित उपस्थित हुन भनेको छ ।

मालपोत कार्यालय डिल्लीबजारले बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले आइतबारबाट एक सार्वजनिक सूचना जारी गरी जग्गा सरकारीकरण प्रक्रिया थालेको हो ।

मालपोत कार्यालयले आफू आउन नसक्ने भएमा वारेस वा कानून व्यवसायीलाई पठाए पनि हुने सुविधा दिएको छ भने जग्गाधनीहरुले इमेलमा पनि आफ्नो प्रतिक्रिया वा प्रमाण पेश गर्न सक्ने भनिएको छ ।

यसरी सूचना जारी गरिनेमा ४९ कित्ता जग्गाका जग्गाधनीहरु छन् । यीमध्ये अधिकांशमा जग्गाधनीको नाम दोहोरिएको छ । कतिपय जग्गाधनीहरु यसअघि नै उपस्थित भएकाले मालपोत कार्यालयले सूचना जारी गरेको छैन ।

सूचनामा परेकाहरुमा ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका एवं योजनाकार भनिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र उनका परिवारका सदस्य छन् ।

भाटभटेनी डिपोर्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित उनका परिवारका सदस्य र कम्पनीको नामको जग्गाबारे समेत सूचना जारी गरिएको छ । केही राणा परिवारलाई पनि सूचना जारी गरिएको छ । त्यसबाहेक जग्गा अनियमितता गर्नेले बेचेको जग्गा किन्ने जग्गाधनीहरुलाई पनि सूचना जारी गरिएको छ ।

ललिता निवास जग्गा प्रकरणको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।

कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका आरोपितहरु अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । सबै आरोपित अदालतमा उपस्थित नभएका कारण विशेष अदालतमा विचाराधिन मुद्दा अघि बढ्न सकेको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope