माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको जनाइएको छ ।

प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आइतबार सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकारअनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope