एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहको स्पष्टीकरण : सबै आरोप निराधार


काठमाडौं । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले आफुलाई लगाइएको आरोप सबै निराधार रहेको स्पष्टीकरण दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन्। स्पष्टीकरणमा पार्टीको विधानविपरीत गुटबन्दी र षड्यन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसँग साठगाँठ गरेको, गोपनीयता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार भएको बताएका छन्।

उनले ससंदीय दलको निर्णयअनुसार नै माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको पनि स्पष्ट पारेका छन्। यसअघि प्रदेश अध्यक्ष कर्ण थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले नै शाहलाई स्पष्टीकरण सोधेका थिए।

प्रदेश सचिव रावलले मेलमार्फत शाहको स्पष्टीकरण प्राप्त भएको बताउँदै अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई पठाइएको जानकारी दिए।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope