रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते


काठमाडौं । रौतहटको गरुडामाप्रहरी र स्थानियबासीविच झडप भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा निषेधाज्ञाको कार्यान्वय गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका हुन् ।

रौतहटमा जिल्ला प्रशासन कार्यालयले अगामी २६ गतेसम्म निषेधाज्ञा जारी रहेको छ । गेडहीगुठीमा तीन ओटा विवाहमा भीडभाड गरी डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए ।

झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् ।
घाइते डीएसपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको एसपी साहले बताए। उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope