ओलीको पार्टी एकताको प्रस्तावपछि नेताहरुको दौडधुप : देउवा निवास पुगे दाहाल र नेपाल


काठमाडौँ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्ती केपी शर्मा ओलीले आफ्नो पार्टी एकताका लागी प्रस्ताव गरेपछि विपक्षि गठवन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकन्ठ पुगेका छन् ।
अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भइरहेको छ ।

छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार सहभागी छन् । स्रोतका अनुसार देउवालाई भेट्न पहिला नेपाल र पछि दाहाल पुगेका थिए ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्तावमा झलनाथ खनाल र नेपाल समूहका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल–नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ । नेता नेपालले सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन् । त्यही विषयलाई आश्वस्त पार्न नेताबीच छलफल भएको हो ।

देउवा निवासको छलफल अघि दाहाल र नेपालबीच पनि भेटवार्ता भएको थियो । दाहालसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope