ओलीको एकता आह्वानपछि नेपाल समुहको आकस्मिक बैठक बस्दै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आव्हान गरेपछि नेपाल पक्षले आज त्यसबारे छलफल गर्ने भएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने घोषणा गरेपछि खनाल–नेपाल पक्षले अहिले ११ बजेका लागी भर्चुअल बैठक बोलाएको हो ।
नेपाल–खनाल पक्षले स्थायी कमिटी सदस्य तथा पार्टीका प्रभावशाली अन्य नेताहरुसँग ओलीको आव्हानबारे छलफल गर्न लागेको हो । बिहान ११ बजे भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर ओलीको प्रस्तावमाथि आधिकारिक धारणा बनाउने नेता बेदुराम भुसालले जानकारी दिए।
उनले ओलीले पार्टी एकताका लागि विभिन्न सर्त राखेकाले यसमा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको बताए। ओलीले एकताको प्रयास गरिरहेकाहरुलाई कमिटीमा राख्ने कुरा गरेको र सर्वोच्चमा पेश गरिसकेका हस्ताक्षर फिर्ता गर्ने कुरा गरेकाले आफ्नो स्वार्थअनुकूल प्रयोगका लागि मात्रै यो प्रस्ताव आह्वान गरेको नेपाल–खनाल पक्षका नेताहरुको बुझाइ छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सार्वजनिक आह्वान गर्दै पार्टी कमिटीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा लैजाने बताएका थिए। तर त्यसको लागी भने उनले काँग्रेस सभापति शेर बहादुर देउवालाई दिएको समर्थन फिर्ता लिनुपर्ने शर्त राखेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस