कार्गाे चार्टर्ड उडानको भाडादर घट्यो


काठमाडौं । नेपाल वायुसेवा निगमले साविकको अन्तर्राष्ट्रिय कार्गो ढुवानीमा भाडादर १३ देखि १५ प्रतिशत घटाएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घटाएसँगै नेपाल वायुसेवा निगमले पनि कार्गो चार्टर्ड भाडादर कटौती गरेको हो ।

वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा आयल निगमले इन्धनको मूल्य घटाएकामा आभार प्रकट गर्दै यसबाट नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

समायोजन गरिएको भाडादर अनुसार वाइडवडीमा साविक १५,५२० डलर रहेकोमा २,०६० डलर घटेर १३,४६० डलर भएको छ । त्यस्तै न्यारो बडीमा साविक ७,७१० डलर रहेकोमा १,१३० डलर घटाएर ६,५८० डलर भएको छ ।

निगमले वाइड बडीमा प्रतिघण्टा लागत मुल्यमा १३ प्रतिशत घटाएको छ । त्यस्तै न्यारो बडीमा १५ प्रतिशत घटाइएको छ । निगमले नियमित अन्तर्राष्ट्रिय उडानहरु सुचारु भएपछि अन्य गन्तव्यहरुको भाडादरमा समेत समायोजन गरिने जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope