अवैध उत्खनन गरिरहेका एक्जाभेटर छुटाउन जनप्रतिनिधि सक्रिय


काठमाडौं । रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका छन् ।

वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव तथा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका जनप्रतिनिधिको टोली आइतवार जिल्ला समन्वय समिति रौतहटको कार्यालय गौरमा एक्जाभेटर र चालक छुटाउन दबाब दिएका छन् । शुक्रबार प्रहरीले बागमती नदीमा अवैध उत्खनन गर्दै गरेका आठ एक्जाभेटरसहित सात चालकलाई छुटाउन दबाब दिएका हुन् ।

दुवै नगरपालिकाका जनप्रतिनिधिले बागमती नदीमा नगरपालिकाको निर्णयअनुसार नै गिटी तथा ढुंगा झिकेको जिकिर गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएको सामग्री छुटाउन जिससलाई निर्माण व्यावसायी तथा निर्माण कम्पनीहरुले पनि दबाब दिएको देखिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope