मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेका ७ साँसदलाई स्पष्टीकरण सोधका छन् ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने एमालेका सात सांसदलाई संसदीय दलका नेता शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । दलका नेता शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका छन् । उनिहरुले विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सांसदहरु अध्यक्ष ओली पक्षधर हुन् ।

पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधिएको छ । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्दै सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope