भारतको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको ज्यान गयो


काठमाडौं । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

यसैबीच भारतकै पश्चिम बङ्गालका तीनवटा जिल्लामा चट्याङ्ग लागेर कम्तीमा २३ जनाको ज्यान गएको छ । अरु केही घाइते भएका छन् ।

हुगलीमा १० जना, मुर्सिदाबादमा नौ जना, हाबडा र पश्चिम मोदिनीपुरमा २र२ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै घटनाप्रति दुस्ख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope