सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्राप्त गरे विश्वासको मत, पक्षमा ३० मत खस्यो

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगरबार भएको मतदानमा उनको पक्षमा ३० मत सहित प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । मंगलबार प्रदेशसभामा भएको मदतानमा उनको पक्षमा ३० र विपक्षमा ९ मत पर्यो ।
५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा भट्टलाई आफ्ना पक्षमा बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् ।
विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । सभामा ५२ जना सांसद नै उपस्थित भएपनि कांग्रेसका १२ जना सांसद भने मतदानमा भने भएनन् । काँग्रेस तथष्ठ बसेको हो ।
कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस