सुदुरपश्चिममा कोरोनाबाट २४ घण्टमा शुन्य मृत्यु, २९३ जनामा संक्रमण पुष्टी


काठमाडौं । सुदुरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएन । कोरोना महामारीको दोस्रो लहर फैलिएयता पहिलोपटक कोरोनाले हुने मृत्युदर शुन्यमा झरेको छ । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जनाको सम्म सङ्क्रमितको मृत्यु भएको थियो ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएयता दुई महिनामा पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाउन परेन ।

यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । २४ घण्टामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope