कालिकोटमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडियो


काठमाडौं । कालिकोट जिल्लामा पहिलो पटक राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएको छ । विद्युत समस्या भोग्दै आएको कर्णाली प्रदेशको कालिकोट जिल्लामा पहिलो पट्क सोमबार रातिदेखि राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिएको हो ।

दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालिकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो । कालिकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले तत्काललाई ११ केभीए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभीए प्रसारण पु¥याउने तयारीका लागि ३३ केभीए विद्युत् पु¥याउन दैलेख–दुल्लु खण्डमा काम जारी रहेको जानकारी दिए ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेसँगै कालिकोटमा लोडसेडिङ कम हुनुका साथै उपभोक्तालाई राहत मिल्ने भएको छ । यसअघि कालिकोटको मान्म बजार क्षेत्र र आसपासमा जेनेरेटरबाट विद्युत् वितरण गरिँदै आइएको थियो ।

गत वर्षसम्म कालिकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत् वितरण हुँदै आएकोमा पावरहाउस बाढीले बगाइदिएपछि मान्ममा विद्युत् समस्या रहेको थियो । हाल कालिकोटमा ३८ सयभन्दा बढी ग्राहक छन् । कर्णालीका जिल्लाहरुमा हालसम्म पनि विद्युत पहुँच सबै ठाँउमा पुग्न सकेको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope