सांसद थापाको पुर्नवहाली रोक्न माग गर्दै सर्बोच्चमा पुनरावलोकन रिट दर्ता

काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली रोक्न माग गर्दै सर्बोच्चमा पुनरावेदन रिट दर्ता भएको छ । यसअघी थापालाई पुनरवहाली गर्ने सर्वोच्चको निर्णय विरुद्ध पुनरावलोकन गर्न माग गर्दै रिट दर्ता भएको हो ।
पुनरावलोकन निवेदनमा पुनर्बहालीको अन्तिम आदेश नआउँदासम्म निस्क्रिय राख्न माग गरिएको छ । यसमाथि सुनुवाइका लागि भोली बिहीबार पेशी तोकिएको छ ।
प्रदेशसभा सचिवालयका तर्फबाट सभामुख नेत्रनाथ अधिकारी र जनमोर्चा संसदीय दल गण्डकी प्रदेशका तर्फबाट नेता पियारी थापाले पुनरावलोकनको निवेदन दिएका हुन् ।
यसअघी उनको पार्टी जनमोर्चाले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई कारवाही गरेको थियो । थापाले आफ्नो सांसद पद निरन्तरताको लागी सर्बोच्चमा रिट दायर गरेपछि न्यायाधीश कुमार चुडालको एकल इजलासले उनलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस