आगलागीबाट घाइते वृद्धाको मृत्यु

काठमाडौं । आगलागीमा परी गम्भीर घाइते भएकी पाँचथरको फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको मृत्यु भएको छ । उनको उपचारको क्रममा बुधवार बिहान मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु अस्पताल प्रशासनले जनाएको छ।
आगलागीमा परी घाइते भएका वृद्धका दुई छोराहरुको भने सोही अस्पतालमा उपचार भैरहेको छ । ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको आधा शरीर जलेको जलेको अवस्थामा रहेको अस्पतालले जनाएको छ। उनिहरुको अवस्था हाल खतरा बाहिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएको छन् ।
गत सोमबार साँझ ८.४० बजे ग्यास लिक भएर घरमा आगलागी हुँदा आमासहित दुई छोरा घाइते भएका थिए। पति भगीरथको किरियामा बसेकी चनमायाले पानी तताउन ग्यास बाल्ने क्रममा आगलागी भएको थियो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस