फिफा विश्वको छनोटमा ब्राजिलको छैटौं जित, अपराजित यात्रा कायम


काठमाडौं । फिफा विश्वको छनोटमा ब्राजिलले लगातार छैटौं जित निकाल्न सफल भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । ब्राजिल ६ खेलमा १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । पाराग्वे भने ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope