प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धाको पेशी आजको लागी तोकियो


काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धाको पेशी आजको लागी तोकिएको छ । दुई न्यायाधिसको विषयमा प्रश्न उठाइएकाले आजको इजलासको सुरुमै ति न्याधिसले आफ्नो राय दिनेछन् ।

इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा बस्ने या नबस्ने बारे राय दिने भएका हुन् । त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि रिटमाथिको सुनुवाई अगाडि बढ्ने छ ।

जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।

इजलास गठनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । तर, बरिष्ठताका आधारमा गठन गरिएको इजलासबारे पनि सरकारी पक्षले असन्तुष्टि जनाएपछि सर्वोच्च अदालत थप विवादमा रुमलिएको छ ।

यसअघी इजलासमा रहेका न्यायाधिसको विषयमा प्रश्न उठेपछि आइतबार हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि प्रधानन्यायाधिस चोलेन्द्रशमशेर जवरा विरामी परेपछि २ दिन इजलास बस्न सकेको थिएन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope