कर्णाली प्रदेशसभा बैठक बुधबार दिउँसो २ बजे बोलाइयो


काठमाडौं । कर्णाली प्रदेश सभा बैठक आजपनि बोलाइएको छ । बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

यसअघी बजेट अधिवेशन सुरु भएपछि विपक्षि दलका साँसदहरुले २ दिन लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । मन्त्री अम्मरबहादुर थापालाई पदमुक्त गनुृपर्ने माग गर्दैसोमबार र मंगलबारको बैठक विपक्षी दलले चल्न नदिएका हुन् ।

उनिहरुले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने चेतावनी समेत दिएका छन् ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै त्यसको विरोध गरेका थिए ।

दुई पटकसम्म स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार वार्ता भएपनि सहमती जुट्न सकेन । छलफलमा सहमती जुट्न नसकेपछि आजको बैठकपनि विपक्षीले अवरोध गर्ने देखिएको ५ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope