लकडाउने कोरिया जान नपाएकाको सरकारको ध्यानाकर्षण गराउने अभियान ट्वीटरको ट्रेन्डिङमा

काठमाडौं । भाषा पास गरेपनि कोरिया जान नपाएकाहरुले सरकारको ध्यानाकर्षण गराउने जुक्ती निकालेका छन् । उनिहरुले सामाजिक संजाल ट्वीटरमा ‘जस्टिस फर ईपीएस पासर’ ह्यास ट्याग अभियान चलाएका छन् । जुन ट्वीटरको ट्रेन्डिङमा परेको छ ।
उनीहरुले ३वगकतष्अभँयचभ्एक्उबककभचक लाई मंगलबार नेपालको ट्वीटर ट्रेन्डिङको एक नम्बरमा ल्याएका छन् । अहिलेसम्म यो अभियानमा करिब २६ हजार बढी ट्वीट भइसकेका छन् ।
सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गर्दै ट्वीटरमार्फत ‘जस्टिस फर ईपीएस पासर’ अभियान चलाएका हुन् ।
कोभिड १९ पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारीमा अन्योल छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस