प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद विस्तारको तयारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्दै छन् । आफूसँगै राखेका सात वटा मन्त्रालयमा ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा पनि मन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सन्चारमन्त्री बन्ने चर्चा छ ।

यस्तै ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।
मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope