काँग्रेस सांसद कृष्णचन्द्र नेपालीले गण्डकीमा मुख्यमन्त्रीमा दावी पेश गरे


काठमाडौ. । गण्डकीमा काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनले ३१ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख सीता पौडेलसमक्ष आफ्नो दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख पौडेलले आजै बैकल्पिक सरकार गठनका लागी २४ घण्टा समय दिएर आह्वान गरेकी थिइन् । त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope