राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा


काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उहाँले नयाँबजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भन्नुभयो ।    

कर्मचारीलाई परिणाम आउने गरी कार्य सम्पादन गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “कति ध्यान दिएर काम गरे भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबै भन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।”मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिने तथा केही नयाँ कार्यक्रमहरु ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।    

अहिलेको युग सूचनाप्रविधिको युग भएको जनाउँदै उहाँले सोहीअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रम सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope