२४ घण्टामा ३७५० संक्रमित थपिए, ६७ को मृत्यु


काठमाडौं । गत २४ घण्टामा नेपालमा ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार सोही अवधिमा ६७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope