सरकार पुर्नगठनको विषयलाई लिएर सुदूरपश्चिम सरकारविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं । सुदुरपश्चिम सरकारविरुद्ध सर्बोच्चमा रिट परेको छ । असंवैधानिक तवरले सरकार पुर्नगठन गरिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै कानुन व्यवसायी र कानुनका विद्यार्थीले रिट निवेदन दर्ता गरेका हुन् ।

संवैधानिक व्यवस्था हनुसार ५३ सदस्यीय प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बढीमा १० जना मात्रै मन्त्री बनाउन पाइने भएपनि ११ सदस्यीय मन्त्रिमण्डल बनाइएकाले त्यसलाई बदर गर्न माग गर्दै सर्बोच्चमा रिट परेको हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरूको तर्फबाट समावेशी सिद्धान्त बमोजिम कूल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान रहेपनि त्यसविपरीत ११ जना मन्त्री बनाइएकोले रिट दर्ता गरिएको रिट निवेदनकर्ताहरुको आरोप छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope