कोरोनाका कारण रोकिएको युरोकप २०२० आजदेखि सुरु हुँदै


काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ ।
मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope