असारदेखि सुरुङ खाली गर्दा यी खोलामा पानी छाडिने, खोला वरपर रहेका सबैले सावधानी अपनाउन आग्रह


काठमाडौं । मेलम्चीको ’हेड वक्र्स’ निर्माण भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक प्रशोधनका लागि ’हेड वक्र्स’ संरचना आवश्यक छ ।

योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको मुख्य काममध्ये ’हेड वक्र्स’ निर्माण सम्पन्न भएको जानकारी दिए ।

दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।

हेड वक्र्सले इन्टेकमा भएका विभिन्न ढोकाहरूलाई सफा गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ ।

वर्षा यामको एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।

सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ÷छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि सुरुङ खाली गर्दा बागमती नदी, मेलम्ची, सिन्धु खोला र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने भएकोले खोला वरपर रहेका सबैले सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले अपिल गरेको छ । समितिले सूचना जारी गरी सो अपिल गरेको हो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope