प्रधानमन्त्रीबारे वैद्यले दिएको अभिव्यक्तिप्रति चौतर्फी विरोध : अत्यन्त आपत्तिजनक रहेको एमालेको ठहर


काठमाडौँ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीबारे दिएको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेले ठकर गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिको विरोध जनाएका हुन् । वाग्मती प्रदेशसभाको बैठकमा कांग्रेस सांसद वैद्यले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

उनले प्रधानमन्त्री ओलीमाथि पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप लगाएका थिए । वैद्यले भनेका थिए,’ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,’ ’खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता प¥यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

वैद्यको उक्त अभिव्यक्तिले एमालेलाई गम्भीर बनाएको ज्ञवालीले विज्ञप्तिमा लेखेका छन् । उक्त अभिव्यक्तिलाई लिएर एमालेले कांग्रेसको ध्यानाकर्षण गराएको छ । त्यस्तै वैद्यले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिएर निशर्त माफी माग्नुपर्ने कांग्रेसका नेताहरूले नै बताएका छन् ।
चौतर्फी आलोचना भएपछि वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न कांग्रेसले निर्देशन दिइसकेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope