२४ घण्टामा ३३८४ जनामा संक्रमण पुष्टि, ६२९५ जना संक्रमणमुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

त्यस्तै शनिबार ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope