युरोकप २०२० को उद्घाटन खेलमा इटालीको विजयी

काठमाडौं । शुक्रबारदेखि सुरु भएको सन् २०२० को युरोकप फुटबल प्रतियोगिता अन्तरगत गएराति सम्मपन्न उद्घाटन खेलमा इटालीले सानदार जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा इटालीले टर्कीलाई ३–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । इटालीका लागि सिरो इम्मोबाइलले ६६औं तथा लोरेन्जो इन्सिग्नेले ७९औं मिनेटमा गोल गरेका थिए ।
तर पहिलो गोल भने टर्कीका खेलाडीले गरेको आत्मघाती गोलबाट प्राप्त भएको थियो । दोस्रो हाफको ५३औं मिनेटमा टर्कीका डिफेन्डर मरिह डेमिरालले आत्मघाती गोल गरेका थिए ।
जितसँगै इटालीले समूह क मा एक खेलबाट तीन अंक बटुलेको छ । यस समूहमा इटाली, स्वीट्जरल्यान्ड, वेल्स र टर्की रहेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस