सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।यसअघि नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट बिनियोजनमा कुनै भेदभाव नराखिने बताउनुभयो ।

देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेसरूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भन्नुभयो, “विकासको मोडेल स्पष्ट ढङ्गले नबनाइकन विकास गर्न कठीन छ ।”

उहाँले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope