पाकिस्तानमा भारी वर्षासँगै आएको हुरीका कारण १० को मृत्यु


इस्लामाबाद ।c खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो ।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए ।    
    
यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ ।    
    
बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ ।    
    
पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गर्नुभएको छ ।    
    
उहाँले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पिडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत् राहत दिइने खानले बताउनुभयो ।    
  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope