अमेरिका बस्दै आएका नेपालीले कोभिड बिरामीहरूका लागि गरे यो सहयोग


अमेरिकामा बस्दै आएका नेपालीले नेपालका कोभिड बिरामीहरुको सहयोगको लागि रकम संकलन तथा हस्तान्तरण गरेका छन ।

न्यू-ह्यामपशायर राज्यको म्यानचेस्टरमा बस्दै आएकी सविना शाही ठकुरीले मोरंग लेटाङ्गका कोभिड बिरामीहरूका लागि रु १४६,९३१ सहयोग रकम संकलन गरी ‘चिसांग भ्याली क्लब’लाई हन्तान्तरण गर्नुभएको छ । ‘चिसांग भ्याली क्लब’का अध्यक्ष श्री ऊर्जेन तामाङले उक्त सहयोग रकम लेटाङ्ग नगरपालिकाका कोभिड-१९ का बिरामीहरूको लागि प्रयोग गरिने बताउनु भएको छ। उक्त रकमका लागि ठकुरी लगायत कुमार भट्टराई, प्रदीप सिटाैला, बिनोद कार्की, चण्डिका आचार्य, र महेश लुइँटेलले सहयोग गर्नु भएको हो ।

त्यसैगरी, कोरोना संक्रमणबाट मृत्यु भएका शवहरुको संस्कारका लागि मृतकका आफन्तलाई पिपिई (PPE) उपलब्ध गराउने उद्देश्यले न्यू-ह्यामपशायर राज्यको सीकोष्टमा बस्नु हुने बिपुल नेपालको पहलमा नेपाल औषधि ब्यवसायी संघ, प्रदेश १ लाई रू १,६१,०२४ सहयोग रकम प्राप्त भएको छ । हाल स्थानियपालिकाले शब ब्यवस्थापनका लागि पिपिई (PPE) उपलब्ध गराउदै आएकोले उल्लेखित सहयोग रकम अन्य कुनै परोपकारी कार्यमा लगाउने नेपाल औषधि ब्यवसायी संघ, प्रदेश १ को योजना रहेको सो संघका अध्यक्ष श्री कुमार खतिवडाले जानकारी दिनुभएको छ।

उक्त सहयोग रकमका लागि न्यू-ह्यामपशायर निवासी कुमार भट्टराई, ओहायो निवासी अनन्त राज पाण्डे, टेक्सास निवासी नबीन नेपाल मैसाचुसेट्स निवासी संगीत निरौला र गोकुल काफ्ले, नेब्रास्काका संजीव ढुंगेल, न्यूयोर्कबाट दिपक ढकाल र अन्य दाताहरुले सहयोग गर्नु भएको छ । त्यसैगरी नेपाल औषधि ब्यवसायी संघ, प्रदेश १ मार्फ़त सहयोगको लागि हाल पेन्सिलभेनिया राज्यमा बस्दै आएका गण्डकी पुत्रबाट पनि रू १०,००० रकम प्राप्त भएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope