म्याग्दीमा यस वर्षपनि मनसुनले क्षति गर्न सुरु, पहिरोले १६ घर विस्थापित, दुईजना घाइते


काठमाडौं । गत वर्ष मनसुनले निकै मानविय क्षति गरेको म्याग्दीमा यस वर्षपनि क्षति गर्न सुरु गरेको छ । २ दिनदेखी लगातार परेको वर्षाका कारण म्याग्दीमा १६ घर परिवार विस्थापित बनेका छन् । अरु थुप्रै परिवार पनि जोखिममा छन् ।

जिल्लाको धौलागिरि गाउँपालिकामा मनसुनकै सुरुआतमै १३ घरलाई विस्थापित गरेको गाउँपालिका प्रमुख थमसरा पुनमगरले जानकारी दिइन् । उनका अनुसार धौलागिरि गाउँपालिका २, खोरिया गाउँ पहिरोको उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको छ ।

उनिहरुलाई गाउँकै अर्को स्कुलमा सुरक्षित स्थानान्तरण गरिएको छ । उक्त गाउँमा ७० घर भए पनि १३ घर उच्च जोखिममा रहेको उनले बताइन् । गाउँपालिका प्रमुख मगरका अनुसार धौलागिरि २ मात्रै नभएर गाउँपालिकाको ५ र ६ वडा पनि उच्च जोखिममा छ ।

६ नम्बर वडा गतवर्ष पनि जिल्लामै सबैभन्दा बढी क्ष््राति व्यहारेकाले मनसुनको सुरुआतमै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित वडालाई निर्देशन दिइसकेको जानकारी दिइन् ।

यस वर्ष पनि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई उच्च जोखिम क्षेत्रमा राखेको छ । प्राधिकरणका अनुसार म्याग्दीमा यस मनसुनमा १ हजार ९५३ जना प्रभावित हुने आँकलन गरेको छ । मनसुनको सुरुमै गत बर्खामा सबैभन्दा बढी क्षति व्यहारेको म्याग्दी उच्च जोखिममा परेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope